दोब्बर बजेटको माग
पोखरा
प्रदेश २ का सांसदहरुले यतिबेला २ करोडको माग गरेका छन् । उनीहरुको माग आफ्नो निर्वाचन क्षेत्र विकासका लागी हो ।
प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरेका थिए । त्यसपछि उनीहरुलाई १ करोड हरेक सांसदलाई दिने सहमति भयो तर उनीहरुको चित्त बुझेन र अहिले प्रत्यकलाई दूई करोडको भाग पर्नुपर्ने माग गरेका छन् । तर बजेट खर्च गर्ने विधि र अनुगमन प्रणाली अपारदर्शी भएको र बजेट विकासमा कम र कार्र्यकर्तामा बाड्ने बढि भएको सांसदको आलोचना बढि छ ।