बागलुङमा चट्याङ लागेर मृत्यु
पोखरा
बागलुङको गल्कोट नगरपालिका–११ रिघा, तुतुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले बताए । शव परीक्षणका लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ । सोही स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए ।