पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली



पोखरा

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो । यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए ।

यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ । पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ । महाशाखले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja