मिडियालाई सुरक्षित गर्ने ऐन ल्याइने : मन्त्री बाँस्कोटा



पोखरा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको मिडियालाई सबैभन्दा सुरक्षित गर्ने ऐन ल्याउन लागिएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ३ नम्बर प्रदेश भेलाको शनीबार धुन्चेमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले प्रेस जगत समाजको दर्पण भएका कारण सत्य तथ्य समाचार सङ्कलन गर्न आग्रह गरे। कुनै पनि कानून बनाउँदा अरुलाई सोधेर मस्यौदा बनाउने नभइ सरकार आफैँले बनाइ विधेयक संसदमा पेश गर्ने प्रक्रिया रहेको उनले स्पष्ट पारे । मन्त्री बाँस्कोटाले सामाजिक, आर्थिक संस्कृतिसमेत समग्र विषयवस्तुलाई समेटि समृद्ध नेपाल बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताए । उनले रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङटाङ र नेपालको उत्तरी नाका रसुवागढी यही जिल्लामा रहेकाले आउँदै गरेको पर्यटन वर्षलाई सफल पार्न एकताबद्ध तवरले अगाडि बढ्न रसुवालीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja