मिजोरमबाट २३ नेपाली चेलीको उद्धार



पोखरा

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताए । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो । केही महीनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।

मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पु¥याए भनी सोधखोज भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja