निधिद्वारा सरकारले सङ्घीयता नचाहेको आरोप



पोखरा

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सङ्घीयता नचाहेको आरोप लगाएका छन्।

कैलालीको लम्कीमा बुधबार राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत सङ्घीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । कार्यक्रममा काङ्ग्रेस प्रशिक्षण बिभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताका बीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताइन् । काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानका क्रममा आफू एक महीनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja