महागुरु फाल्गुनन्दको शालिक अनावरण



पोखरा

झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।

अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गरेका हुन्। साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताए । खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडकखण्डअन्तर्गत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामकरण गरिएको छ । उक्त मार्ग स्तरोन्नति गर्न सङ्घीय सांसद पवित्रा निरौला खरेलको सांसद विकास कोषबाट रु २० लाख र वडाबाट रु पाँच लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja