ट्रम्प र आबेबीच उत्तर कोरियाबारे कुराकानी



पोखरा

जापानका प्रधानमन्त्री सिन्जे आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार टेलिफोन वार्ता भएको छ ।

उनीहरूबीच उत्तर कोरियाको पछिल्लो गतिविधि र भूमिकाका बारेमा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् । जापानका उच्च अधिकारीहरूका अनुसार जापानका प्रधानमन्त्री आबेको आग्रहमा दुई देशका शीर्ष नेताहरूबीच कुराकानी भएको हो । दुई नेताले एकआपसमा सूचना आदानप्रदान गरेको र पछिल्ला घटनाक्रमबारे छलफल गरेको जापानका अधिकारीहरूले जनाएका छन् । भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठकपछि अहिले ट्रम्प र आबेले उत्तर कोरियाप्रति आशङ्का व्यक्त गर्दै कुराकानी गरेका हुन्। ट्रम्प र किमबीच गत फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja