बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु



पोखरा

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको गुलरान जिल्लाको चाह ए केहसानी गाउँका तालिबान लडाकू समूहले बारुदी सुरुङ विस्फोट गराएका हुन् । यस घटनामा घाइते भएका बालबालिकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७ हजार १८० व्यक्ति घाइते भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ । सन् २०१८ मा भएका घटनामा ९२७ बालबालिकाको मृत्यु हुनुका साथै २ हजार १३५ बालबालिका घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja