उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प



पोखरा

फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयौँ शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ । यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यो भूकम्प ५.५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja