भाजपा नेताको हत्या



पोखरा

अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् ।

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए। घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ । आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उनको बाटोमै मृत्यु भएको बताइएको छ । प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja