लोकलाज राख्न प्रधानमन्त्रीलाई काँग्रेसको आग्रह



पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा बजेट पार्नको लागी प्रधानमन्त्री कार्यालयकै लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले दमकको मेयरको जस्तै व्यवहार देखाई आफ्ना क्षेत्रका लागि आयोजनाको सूची थमाई लोकलाज फालेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको निजी सचिवालयले गत चैत २९ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई पत्र लेखेर झापाका विभिन्न ६८ वटा योजनाहरु आर्थिक वर्ष ०७६र०७७ को योजना (बजेट) मा समावेश गरिदिन भनेको थियो । प्रवक्ता शर्माले देशका अरु १६५ निर्वाचन क्षेत्र तथा झापाका अन्य क्षेत्रहरु पनि नसम्झी आफ्नो क्षेत्रलाई मात्र सम्झेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले उनको क्षेत्रमा अत्यावश्यक नभएको तर अरु क्षेत्रमा अत्यावश्यक भएको केहि योजनाहरु पनि ओलीले आफ्नै क्षेत्रमा पार्नखोजेको पट्टि शर्माले आपत्ति जनाएका छन् । प्रधानमन्त्री कार्यालयकै लेटरप्याड प्रयोग गरेर आयोजनाको सूची थमाएपछि योजना आयोगको कुन सदस्यले काट्ने हिम्मत गर्ला भनी शर्माले प्रतिप्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja