प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन



पोखरा

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेस कमजोर भए लोकतन्त्र र सङ्घीयता संस्थागत हुन नसक्ने भएकाले स्वतन्त्र प्रेस बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे। प्रदेशसभाका सदस्य विष्णु पन्थीले चौथो अङ्ग बलियो हुँदा सरकारलाई नै फाइदा हुने भएकाले मिडियालाई कुण्ठित गर्न नहुने धारणा राखे । प्रदेशसभा सदस्य रमा अर्याल र फकरुद्धिन खाँनले सरकारले प्रेसमाथि हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाए । कार्यक्रममा नेकपाका नेता युवराज घिमिरेले पीडितको पहिलो अदालत प्रेस भएकाले प्रेस स्वतन्त्र र जवाफदेही हुनुपर्ने बताए । नेपाली काङ्ग्रेसका नेता युवराज गिरीले वर्तमान सरकारका काम कारवाही मिडियामैत्री नरहेको आरोप लगाए ।

पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले विभिन्न बहानामा प्रेसमाथि अङ्कुश लगाउने काम भएकाले पत्रकारलाई मान्य नहुने बताए। समाचार लेखेकै कारण पत्रकारको परिवार असुरक्षित भएको बताउँदै उएले पत्रकारमाथि भएका आक्रमण र दुव्र्यवहारका घटनाले सङ्घ र प्रदेशसभामा प्रवेश नपाउनु विडम्बना भएको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले जनताको विचार सही ढङ्गले प्रस्तुत गर्ने काम मिडियाले मात्रै गर्नसक्ने भएकाले मिडियालाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताए। अधिकारकर्मी तथा पत्रकार विनोद पहाडीले पदमा पुगेपछि राजनीतिक नेतृत्व निरङ्कुश बनेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja