एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ



पोखरा

पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका सहित कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए । कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका थिए ।

सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए। सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरुमा एचआइभी देखिएन, मन्त्री पेचुहोले भने। पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja