अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड



पोखरा

दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९:३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।

सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो । पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए । मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो तर अदालती प्रक्रियाका कारण पुनः मुद्दा लम्बिएको थियो । जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja