शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान



पोखरा

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत शान्ति सम्मेलनपछि अफगान अधिकारीहरुले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा जम्मा भएका हजारौँ प्रतिनिधिले तालिबान लडाकू समूहसँग शान्ति सम्झौताको विषयमा सम्भावित परिस्थितिका विषयमा छलफलपछि अफगान अधिकारीहरुले युद्धविरामको आह्वान गरेका थिए । काबुलमा कडा सुरक्षाका बीच धार्मिक र आदीबासी नेताहरु, राजनीतिज्ञ, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत ३ हजार भन्दा बढी व्यक्तिको सहभागीतामा सम्भावित शान्तिको विषयमा छलफल गरिएको थियो । यस बृहत शान्ति सम्मेलनमा तालिबान लडाकू समूहको भने सहभागीता रहेको थिएन । तर आगामी हप्ताको बुधबार कतारको दोहामा अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिबीच नयाँ चरणको शान्तिवार्ता हुन गईरहेको छ । अमेरिकी शान्ति दूत जाल्मे खालिलजादको नेतृत्वमा तालिबान लडाकू समूहसँग वार्ता हुन लागेको हो ।

सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसकेका छन्। अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् । यी सैनिकलाई पनि अफगानिस्तानाट फर्काउने विषयमा वार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja