नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना



पोखरा

भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । 

यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमशः अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा हस्ताक्षर गरे। नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja