विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह



पोखरा

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन्। उनले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई पनि आग्रह गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राखेका हुन्। उनले चीनको उक्त आयोजनामा थप देशहरुलाई आबद्ध हुन आग्रह पनि गरेका सो समाचारमा जनाइएको छ । उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित भएका छन्। तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले भने– हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ ।

सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभागिता रहेको थियो । सो सम्मेलनमा राष्ट्रपति चिनफिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखे । साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए । त्यसैले धेरै भन्दा धेरै देश एवम् कम्पनीहरुको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको पनि उनले बताए । तर पनि कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ । उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ ।

बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए। चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफलहरु जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja