कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा



पोखरा

पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता चितवनमा हुनेभएको छ ।

जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिए । प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा नेपालका ३५० र भारतका ५० गरी ४०० जना खेलाडीले सहभागिता जनाउने छन् ।

चितवनबाट मात्र ६० जना खेलाडीले सहभागीता जनाउने उनले बताए। सहभागी खेलाडीले उमेर समूह, तौल समूह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताए। ६ देखि १३ वर्षका खेलाडीले उमेर समूहमा र १३ देखि १९ वर्षकाले तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । १९ वर्ष माथिकाले भने खुल्लातर्फ प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja