अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु



पोखरा

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो ।

मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेका छन्। उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ । “कालोपत्र निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ”, उनले भने, “यहाँको माटोमा त्यो गुण भेटियो । माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन् । कालोपत्रका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ ।” उनले केही दिनसम्म चितवनमा नै बसेर रङ्गशालामा बन्ने क्रिकेट कालोपत्रका प्रारम्भिक काम अघि बढाउनेछन्। क्युरेटर पाण्डेले वर्षा अगाडि नै कालोपत्र सम्बन्धी आधारभूत संरचना बनाई सक्नुपर्ने बताए। रङ्गशालाको मैदानभित्र बन्न लागेको संरचनामा पर्ने रुखलाई काट्नुपर्ने भएकाले रुख कटानका लागि रामपुर कृषि क्याम्पसलाई पत्रचार गर्न लागिएको साइट इञ्चार्ज अर्जुन भुसालले जानकारी दिए ।

रङ्गशालाको अन्य संरचनाको डिपिआर करीब बनिसकेको छ भने मूल रङ्गशालाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनका अनुसार डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इएआई) को काम सँगसँगै बढाइएको छ । रङ्गशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, रङ्गशाला निर्माण कार्यालय भवन, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण भइसकेका छन् । रङ्गशाला निर्माण गर्न हालसम्म करीब रु ८० लाखको खर्च भएको छ । जेठ महीनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । हालसम्म रु छ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु गरिने बताए । आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । नागरिकको सहयोगमा निर्माण गर्न लागिएको रङ्गशालाको निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा छ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja