शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई नदिने – गृहमन्त्री थापा



पोखरा

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर गएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”

गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए । विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरिएको स्पष्ट पारे । गृहमन्त्री थापाले भने, “वर्तमान सरकार जनताको भएकाले राजनीतिक दल वा समूहको असहमतिलाई वार्ता र छलफलबाट सबै समस्याको समाधान गर्ने छ ।” विगतको वर्षभन्दा जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षामा गुणात्मक सुधार आएको चर्चा गर्दै उनले शान्ति सुरक्षा कायम राख्न वर्तमान सरकार दृढ रहेको छ भने।

मन्त्री थापाले वर्तमान सरकार निर्माण भएको पहिलो वर्षलाई आधार वर्ष मानिएको बताउँदै यो वर्षलाई समृद्ध वर्षका रुपमा मनाउने हुँदा मुलुकभित्र द्रुतगतिमा आवश्यक पूर्वाधार निर्माण गर्ने धारणा व्यक्त गरे । वर्तमान सरकारले दुवै छिमेकी मुलुकलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँग पारस्परिक हितका आधारमा मैत्री सम्बन्धमा सुधार गर्न सफल भएको पनि उनले बताए। मङ्गलबारदेखि शुरु भएको सो दुई दिने सुरक्षा गोष्ठीमा यो प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja