सात लाखको सामान बरामद



पोखरा

नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौँ आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बेवारिसे अवस्थामा कपडा भन्सार छलेर ल्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। प्रहरीले उक्त बसबाट कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, सल १० सेट, टप्स कुर्ता ५६० थान बरामद गरेको छ । उक्त सामग्रीको बजार मूल्य रु सात लाख २९ हजार रहेको प्रहरीले बताएको छ । बरामद भएको कपडालाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja