त्रिभुवन आर्मी फाइनलमा



पोखरा

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० औँ मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२ औँ मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १५ की विमला चौधरीले पहिलो हाफको १० औंँ र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५ औंँ मिनेटमा गोल गरेका थिए । अपराह्न साढे ३ बजेदेखि नेपाल पुलिस र एपिएफबीच फाइनल प्रवेशका लागि खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja