नेपाल पत्रकार महासङ्घद्वारा प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग



पोखरा

नेपाल पत्रकार महासङ्घले पछिल्लो पटक पत्रकारलाई पक्राउ गर्नाका साथै कार्यस्थलमा काम गर्न बाधा पु¥याएको भन्दै त्यसो नगर्न सरकारसमक्ष आग्रह गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै त्यसो गर्न आग्रह गरेको हो । बैठकले सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का प्रधानसम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न दबाबमूलक कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । पक्राउ गरिएका पत्रकारको रिहाइ एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासङ्घले दबाब अभियानलाई थप प्रभावकारी रुपमा अघि बढाउन यही वैशाख १० देखि १८ गतेसम्म राजनीतिक पार्टीका प्रमुख नेता, पूर्वप्रधानमन्त्री, सङ्घीय संसद्का सभामुख र राष्ट्रियसभाका अध्यक्ष, संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।

यसैगरी यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहमा पेशागत संस्थाका पदाधिकारी, पत्रकार सङ्घसंस्थाका नेतृत्व, सञ्चारमाध्यमका सम्पादक तथा नागरिक समाजका अगुवासँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि साझा अभियान सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिने महासचिव रमेश विष्टले जानकारी दिए । महासङ्घले वैशाख १८ गते काठमाडौँसहित सातवटै प्रदेशका राजधानी रहेका स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बृहत् ऐक्यबद्धता ¥यालीको आयोजनासमेत गर्ने भएको छ । त्यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी प्रस्तावित विधेयकमा आयोगका अधिकार खुम्च्याउने प्रावधानहरु राखिएकामा त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै आयोगलाई थप स्वायत्तता र अधिकार सम्पन्न बनाउने गरी कानूनमा संशोधन गर्न माग गरेको छ । मुलुकीसंहिता ऐनसहित संसद्मा विचाराधीन अवस्थामा रहेका तथा सरकारले मस्यौदा गरिरहेका सञ्चारसम्बन्धी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नसमेत बैठकले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja