तारा एयरको विमान दुर्घटना



पोखरा

तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ ।

काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थल फर्किएको थियो । मन्थलीमा जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर रन वेको पश्चिमतर्फको मैदानमा गएर रोकिएको थियो । अवतरणका क्रममा जहाजको ‘हाइड्रोलिक’ ब्रेक नलागेर दुर्घटना भएको र अगाडिको भागमा क्षति पुगेको छ । यात्रु र चालकदलका सबै सकुशल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएकोले रामेछाप विमानस्थलबाट थप उडान र अवतरण अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja