चितवनमा जङ्गली बँदेलको तस्करी



पोखरा

जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताए । सौराहाका कतिपय होटलहरुले खुलमखुल्ला जङ्गली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उनले बताए। ढकालका अनुसार गाडीको डिक्की, धान, पराल लगायतका सामग्री बोक्ने गाडीभित्र लुकाएर बँदेल ओसारपसार गरिँदै आएको छ । उनले दुई हप्ता हाराहारीको फरक पारेर निकुञ्ज हुँदै माडी जाने आउने गाडीमा कुकुरसहितको सहयोगमा सुरक्षा जाँच गरिएको बताए । यसै गरी मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि त्यसै गरी जाँच गरिएको उनले बताए। सो क्रममा यात्रुलाई सकेसम्म कम कष्ट हुने गरी जाँच गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा सुँघेर आखेटोपहार पहिचान गर्न सक्ने कुकुर दुई वटा रहेका छन् । तिनै कुकुर हाल सुरक्षा जाँचमा प्रयोग गरिएको छ । निकुञ्जमा चोरी तस्करी गर्ने व्यक्तिको पहिचान गर्न सक्ने अन्य दुई कुकुर पनि रहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९३०मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महीनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja