कान्छी सरकार प्रमुख



पोखरा

डडेलधुराकी कौशिलाकुमारी भट्ट भागेश्वर गाउँपालिकाकी अध्यक्ष हुन् ।

१४ वर्षको उमेरदेखि राजनीतिमा लागेकी कौशिला भट्ट बुबाको प्रेरणाले काठमाण्डौँ गइन्। २०६१ मा एसएलसी गरेपछि व्यवस्थापन संकायमा भर्नासँगै ३ वर्ष उतै राजनीति गरिन् । ०६५ मा काठमाडौंमा स्नातक तह पढ्न गएकी उनी पद्मकन्या क्याम्पस भर्ना भएसँगै इकाइ समितिको अध्यक्ष भइन् । ०६७ मा भएको नेपाली कांग्रेसको महाधिवेशनमा डडेल्धुराबाट निर्वाचित महाधिवेशन प्रतिनिधि भएर आएकी उनी स्थानीय तहको निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर सबैभन्दा कान्छी स्थानीय सरकार प्रमुख बनिन् ।

२९ वर्षिया कौशिला भट्टले छाउपडी प्रथा निरन्तरता दिनेलाई गाउँपालिकाले दिने सुविधा कटौती गरिदिने निर्णय गरिन् । उनी डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाकी अध्यक्ष हुन् । छाउपडी प्रथाले आक्रान्त भएको समयमा उनको निर्णयले हलचल ल्यायो । धेरैले साहसिक कदम भनेर प्रशंसा गरे । यो नियम ल्याएपछि उनको क्षेत्रमा छाउ गोठमै जाने प्रचलन हटेको छ । ‘छाउपडी प्रथा यति गडेको छ कि यसलाई नियन्त्रण गर्न निकै गाह्रो भएको छ,’ भट्ट भन्छिन्, ‘मैले यो छाउ बार्ने हैन भनेर जनचेतनामूलक कार्यक्रम गर्दा यो अध्यक्ष के भा होला भन्छन् । ’

उनले गाउँमा शिक्षा र चेतनामुलक गतिविधिलाई प्रमुख विषय मानेर काम गरिरहेकी छन् । उनीहरुलेले आधुनिक कृषि शिक्षामा जोड दिई बैशाखदेखी कृषिकक्षा पनि सुरु गर्ने जनाएकी छन् ।कृषकलाई आधुनिक प्रविधि र व्यवसायिक कृषि प्रणालीमा कृषकलाई तालिम दिन थालिएको बताएकी छन् । त्यस्तै ‘नो मोर होम डेरिभरी’ भन्ने उद्धरण राखेर होम डेलिभरी कम गराउने र हेल्थपोष्टमै गएर सुरक्षित डेलिभरी गराउने प्रयत्न गरेको बताएकी छन् । उनीहरुले सुरक्ष्ति रुपमा सुत्केरी गराउन संवेदनशिल अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरिएको जनाएकी छन् । यतिमात्र नभएर पुरै गाउँकै रुपरेखा फेर्ने उनको सपना छ ।

अब साढेँ तीन वर्ष जति अझै बाँकी छ उनको कार्यकाल । यो अवधिभर खानेपानीको समस्या पूरै समाधान गर्ने र विकसित गाउँपालिका बनाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja