उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए



पोखरा

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ । सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका क्रममा एउटा सवारी साधन, आठ थान रकेट र आठ वटा बारुदी सुरुङ पनि बरामद भएको उल्लेख छ । भिडन्तमा सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन ।

गत शुक्रबारदेखि अफगानिस्तानका ३४ मध्ये २५ वटा प्रान्तमा सुरक्षाफौज र तालिबानी लडाकू समूहबीच सङ्घर्ष जारी छ । तालिबानले गत शुक्रबार नयाँ सशस्त्र सङ्घर्ष अघि बढाउने घोषणा गरेको थियो । तालिबानले हरेक वर्ष वसन्त ऋतुका दिनहरुमा विशेष रुपमा आक्रमणका योजना बनाउने गरेको छ । कुन्दुजमा गत शनिबार पाँच जना सैनिक, पाँच जना सर्वसाधारण र ठूलो संख्यामा लडाकूहरु मारिएका थिए ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja