बोको हरामका ६३ लडाकू मारिए



पोखरा

आतङ्वादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् ।

घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा अरू दर्जनौँ घाइते भएको उल्लेख गरिएको छ । पछिल्लो हप्ता यो बोको हरामसँगको दोस्रो भिडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । गत मार्चमा सोही ठाउँमा बोको हरामले थापेको विद्युतीय धरापमा परी कम्तीमा २३ जना सरकारी सैनिक मारिएका थिए । नवनियुक्त प्रतिरक्षा प्रमुख ताहिर इर्डाले पनि हालै मात्र सो ठाउँको भ्रमण गरेर आक्रमणकारीविरुद्ध नयाँ रणनीति अपनाउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja