फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष– २०७५
पोखरा
यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो ।
प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो । यसका लागि नेपालबाट चारसय भन्दाबढी खेलाडी र पदाधिकारी इण्डोनेसिया पुगे । तर पदकको हिसाबले नेपालको इज्जत जोगाउने काम प्याराग्लाइडिङले गर्यो । सरकारको लगानी बिनानै प्याराग्लाइडिङका खेलाडीले रजक पदक जितेपछि झण्डा समाउन र बधाइ दिन नेपालका खेल पदाधिकारीको होडबाजी भने खुबै चल्यो । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामा नै पदक दिलायो । पदकको आशा गरिएका तेक्वान्दो, कराँते, बक्सिङजस्ता खेलमा खालीहात फर्कदा सामान्य तयारी र सरकारको खासै लगानी नभएको खेल प्याराग्लाइडिङले भने पदक दिलायो । प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत जित्न सफल भयो ।
यसअघि तेक्वान्दोकी सविता राज भण्डारीले सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोमा रजत जितेकी थिइन् । त्यसपछिका १६ संस्करणमा सहभागिता जनाउँदा नेपालले कास्यभन्दा माथि जान सकेको थिएन । नेपाललाई ऐतिहासिक पदक दिलाउन नेपाली टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टोलीले उत्कृष्ट प्रदर्शन गरे । महेश्वरको सफलता नेपालमा शारीरिक सुगठन खेल अहिले पनि व्यावसायिक हुनसकेको छैन । निकै खर्चिलो, त्यसमा पनि खाने कुरामा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले लाग्न सक्दैनन् । यस्तैमा पछिल्लो पटक नेपालमा राष्ट्रिय प्रतियोगितामा सहभागिता राम्रो गर्न नसके पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडी हुन महेश्वर महर्जन । भुटानमा भएको एशियन च्याम्पियनसिपमा पदक जितेका महेश्वरले विश्व च्याम्पियनसिपमा स्वर्ण पदक चुमेर अर्को सफलताको सिँडी चढे । उनले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । यसअघि श्याम श्रेष्ठले उक्त प्रतियोगितामा रजत पदकसम्म जितेका थिए ।
भौतिक पूर्वाधार निर्माणमा निराशाजनक वर्ष देशकै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशालाको रूपमा रहेको दशरथ रङ्गशालामा खेलकूद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ को मार्चमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको थियो । तर दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । नेपाली फुटबलको इतिहास बोकेको दशरथ रङ्गशाला विसं २०७२ को भूकम्पपछि जीर्ण बन्यो । भूकम्प गएको वैशाखमा चार वर्ष पूरा हुँदैछ । अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाको पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि मात्र शुरु भएको हो । तर गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूदमा रङ्गशाला तयार गर्ने लक्ष्यसहित काम शुरु गरिएको थियो । पूर्वाधार निर्माणकै अभावमा १३ औँ दक्षिण एशियाली खेलकूद छ महीनाका लागि सरेको छ । सन् २०१३ मा निर्माण गरिएको दशरथ रङ्गशाला शरदचन्द्र शाह सदस्य–सचिव रहेका बेला २०३४ देखि तीन वर्ष लगाएर यसको स्तरोन्नति र अन्तर्राष्ट्रियस्तरको बनाइएको थियो । रङ्गशालाको अहिलेको स्वरुप भने नेपालले आठौं दक्षिण एशियाली खेलकूदको आयोजना गर्दा चीन सरकारको सहयोगमा सन् १९९९ मा निर्माण गरिएको थियो ।
रासस