नेपालले मलेसियालाई हरायो



पोखरा

मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग एक रनले पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेटायो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले पाँच चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् । त्यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे । बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । नेपालका पवन सर्राफ र कुशल मल्लले तीन/तीन विकेट लिए भने कमल सिंह ऐरीले दुई विकेट झारे ।

अब नेपालले आफ्नो चौथो खेल भोलि ओमानसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja