दुर्घटनामा पूर्वसांसदसहित एक बालकको मृत्यु



पोखरा 

गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएको छ भने अन्य आठ घाइते भएका छन् ।

धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए। ६५ वर्षीय भण्डारी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थिए। त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए। मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ ।

पूर्वसांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि कार्यक्रममा गएका थिए। जिप घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट २०० मिटर तल खसेको स्थानीयवासी मोहन घिमिरेले जानकारी दिए। दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja