२४ औँ वन्यजन्तु सप्ताह हुने भएको छ



पोखरा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ ।

विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो । सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा चिडियाखाना जावलाखेलमा अन्तरक्रिया, माइतीघरमण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ ।

यसैगरी, सूर्यविनायकमा चरा अवलोकन, पाटन दरबार क्षेत्रमा सरसफाइ, ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने शीर्षकमा कविता वाचन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले हरेक वर्षझैँ यस वर्ष पनि मुलुकमा भएका विभिन्न वन्यजन्तु संरक्षणका लागि ‘वन्यजन्तु सप्ताह’ मनाउन लागिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja