एक प्रतिशतले गरीबी घट्छ : मन्त्री बाँस्कोटा



पोखरा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन्।

आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उनले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गरे। मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताए । “हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग ग¥यौँ भने समृद्धि टाढाको विषय होइन”, उनले भने। उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राखे । “मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न”, उनले भने, “प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।” निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja