दैलेखमा असिनाले ठूलो क्षति, सांसदद्वारा राहत माग



पोखरा

प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले यही चैत २२ गते साँझपख दैलेखको इतिहासमै पहिलो पल्ट भएको ठानिएको हुरीबतास र असिना वर्षाले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका प्रभावित परिवारका लागि राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसमक्ष आग्रह गरेका छन्।

सांसद बुढाले आफूले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटी क्षतिको अनुमानित विवरण पेश गरेको र प्रभावित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए । उनका अनुसार दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका १ देखि ९ सम्मका सबै वडामा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । यसैगरी असिना र हुरी बतासले ठाँटीकाँध गाउँपालिकाका वडा नं १, २ र ६ मा पूर्ण क्षति भएको छ भने ३, ४ र ५मा आंशिक भौतिक तथा बालीनाली नष्ट भएको बताइएको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ । सांसद बुढाले प्रभावित क्षेत्रका दाजुभाइ दिदीबहिनीलाई यस्तो व्यापक क्षति भएकामा आफू अत्यन्त दुःखी भएको बताउँदै धैर्यधारण गर्न आग्रह गरेका छन्। “यस्तो क्षति र विपत्तिको समयमा सबैको साथ आवश्यक हुन्छ र जनताको दुःखको बेला सरकारको भूमिका झनै महत्वपूर्ण हुन जान्छ”, सांसद बुढाले भने। स्थानीय जानकारलाई उद्धृत गर्दै सांसद बुढाले असिना करीब २ फिटसम्म बाक्लो परेको तथा त्यसको आकार अहिलेसम्म देखिएको असिनाको भन्दा चौबर ठूलो रहेको बताए । प्रतिनिधिसभाका सांसद पार्वती विशुंखेले पनि जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेकी छन्। सांसद बुढाका अनुसार जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गुराँस गाउँपालिकाका १, २ र ३मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja