समयमै सचेत नभए भविष्यमा आँशु चुहाउनुपर्छ



पोखरा

समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् ।

एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित “सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक”अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिसले अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि क्षति भइरहेकाले यसतर्फ सचेत रहन सबैमा आग्रह गरे ।

उनीहरुले सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी करीब २७ हजार मानिसले ज्यान गुमाउनु परेकाले यसको उपयोगलाई जतिसक्दो छिटो त्याग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्यपदार्थको नियन्त्रणका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनामूलक अभियानलाई व्यापक बनाउनुपर्ने बताए ।उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोग, मृत्यु र यसको दुष्परिणामको न्यूनीकरणका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै यसको न्यूनीकरणमा प्रहरी प्रशासनको सहयोग हुनेमा जोड दिए ।

क्यान्सर रोग विशेष प्रा डा विष्णुदत्त पौडेल र क्यान्सर, स्वास्थ्य मन्त्रालयका सहसचिव बद्रिबहादुर खड्का, एक्सन नेपालका आनन्दबहादुर चन्द, स्वास्थ्य मन्त्रालय कानून शाखा प्रमुख पुष्कर नेपाल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष मञ्जु आचार्य र महासङ्घ मोरङका अध्यक्षबन्दु पोखरेलले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विधान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ भने ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja