हावाहुरी प्रभावितलाई एक करोड दिइने



पोखरा

प्रदेश नं ५ सरकारले बारा र पर्सा क्षेत्रका हावाहुरी प्रभावितलाई रु एक करोड सहयोग गर्ने भएको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितहरुको सहयोगका लागि रु एक करोड रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

गत आइतबार साँझको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो । यस्तै मन्त्रिपरिषद्को बैठकले अस्वस्थ रहेका काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यान्सर रोगले ग्रस्त भएका पोखरेल अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत रहेकाले उनको उपचारमा सरकारले सहयोग गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए ।

यसैगरी प्रदेश सरकारले प्रदेश सभाका सदस्यको जीवन बीमा गर्ने निर्णय समेत गरेको छ । एकजना बराबर रु १० लाखको स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए। बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा/नगरसभाको कार्यसञ्चालन कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने बैठकले निर्णय गरेको छ । प्रदेशको आवधिक योजनाको आधारपत्र ०७६/७७ —०८०/८१ र प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन स्वीकृत गर्ने, कानून मस्यौदा तथा सुझाव आयोगको कार्यविधि थप गर्ने र आयोगका अध्यक्ष तथा सदस्यको म्याद थप गर्ने तथा प्रदेशको घरेलु सौर्य ऊर्जा प्रणाली अनुदान कार्यविधि स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja