तराईमा हावाहुरीबाट २७ जनाको मृत्यु, ६०० भन्दा बढि घाइते



पोखरा

 

आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरीले बताएको छ । अहिले उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।

प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन्।

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न आज १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत प्रस्थान गरेका छन्।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिए। मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताए। उनले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताए ।

पिडितको राहत तथा उद्धारमा खटिन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा पर्सा तथा तराईका अन्य क्षेत्रमा हावाहुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको राहत र उद्धारमा खटिनको लागी आफ्ना नेता र कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् सरकारलाई घाइतेहरुको उपचार गर्न सरकारलाई आग्रह गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र सवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गरेका छन् ।

तराईका आँधी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै युवा । भरतपुरको चौविसकोठीमा सामाजिक अभियानकर्मीले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja