दाजुभाइ च्याउ फर्ममा आगोलागि, करिव ३ लाखको क्षति



पोखरा आज
पोखरा , चैत्र ०३ 

पोखरामा एक च्याउ फर्ममा आगोलागि भएको छ ।

पोखरा महानगरपालिका १९ पुरनचौर चितेपानी मा रहेको दाजुभाइ च्याउ फर्ममा शनिवार राति करिव १२ वजेको समयमा आगालागि भएको हो । च्याउ लगाउन तयारी गरीएको उक्त फर्मका ५वटा टनेल पुर्ण रुपमा ध्वस्त भएका छन् । आगोलागिवाट करिव ३ लाखको क्षति भएको फर्मका संचालक कृष्ण प्रसाद सुवेदीले जानकारी दिए ।

शनिवार विहान फर्ममा गएपछि मात्र आफुले थाहा पाएको संचालक सुवेदीले बताए । यो कुनै दुर्घटना नभई सुनियोजित घटना भएको हुनसक्ने भन्दै माछापुच्छ्रे गाउँपालिका वडा नं २ इलाका प्रहरी कार्यालय भुर्जुङखोलामा निवेदन दिएको उनले जानकारी दिए । प्रहरी निवदेनको आधारमा प्रारम्भीक अनुशन्धान सुरु भएको छ ।
गण्डकी प्रदेशकै ठूलो दाजुभाइ च्याउ फर्म १ करोडको लगानीमा संचालन गरिएको थियो । विगत १० वर्ष देखि सञ्चालनमा आएको सो फर्ममा ८० टनेलहरु रहेका थिए भने १५ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja