पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम ३० प्रतिशत सम्पन्न



पोखरा आज

पोखरा, ०३ चैत्र ।

 

पोखरामा निर्माणधीन क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम अहिले धमाधम भइरहेको छ । अहिले सम्म विमानस्थल निमार्णको काम ३० प्रतिशत सकिएको प्रोजेक्ट म्यानेजर विनेश मुनानकर्मीले जानकारी दिए ।

सन २०२१ जुलाई १० सम्म सक्ने आफुहरुको लक्ष्यरहेको प्रोजेक्ट म्यानेजर मुनानकर्मीको भनाई छ ।

२०३२ सालबाट विमानस्थल निर्माणको लागि अधिकरण गरिएको जग्गामा मुआब्जामा अहिले सम्म ३ अर्व ५० करोड खर्चभएको छ । यस्तै २५ सय मिटर हुने रन वे ४५ मिटर चौडाईको हुने छ । तीन तहमा निमांण हुने रनवेको काम २ तहको सतप्रतिशत सकिएको छ भने माथील्लो तहको ६० प्रतिशत काम सकिएको बताइएको छ । चैतको अन्तिम सम्म रनवेको काम सकिने बताइएको छ । सो रनवेमा चैतको अन्तिम बाट आपतकालिन अबस्थामा विमान ल्याण्ड गर्न सक्ने छ ।

अहिले हेंगर, टयाक्सी वेको काम भइरहेको छ भने एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विमानस्थल निर्माण संगै चारवटा यरलाइन्सले वेस पोखरा बनाउने भनेर पत्र समेत आइसकेको बताइएको छ ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको र्निव्याजी ऋणमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘फोर डी’ विमानस्थल बन्ने छ । उड्डयनका लागि आइकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja