प्रहरीको रोहवरमा गण्डकी मेडिकल कलेजको ताला खुल्यो



पोखरा आज
पोखरा, ०३ चैत्र ।

आन्दोलनरत विद्यार्थीका कारण ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ । कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि प्रहरीको रोहवरमा ताला खुलाइएको हो । यसअघि शुक्रबार ताला खुलाउने सहमति भएपनि कलेज सञ्चालक अनुपस्थित भएपछि ताला खुल्न सकेको थिएन ।

२०१६ ब्याचका एमबीबीएस अध्ययनरत विद्यार्थीको परिक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । विद्यार्थीले फर्म भर्ने र परिक्षामा सहभागी हुनको लागि ताला खुलाउन सहमत भएका हुन् । अहिलेको परिक्षा दिन नपाए उनीहरुको इयर लस हुनेछ ।

सो ब्याचमा ५३ जना विद्यार्थी अध्ययनरत छन् । गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको थियो । विद्यार्थीबाट कलेज सञ्चालकले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja