अवैध हतियार बुझाउन गृहको आग्रह



पोखरा, १ चैत्र ।

गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले बिहिवार सार्वजनिक सूचना प्रकाशित गरी कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले त्यस्तो अवैध हतियार भएमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

“यसरी बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानूनी कारवाही नचलाइने हुँदा तोकिएको समयभित्र अवैध हातहतियार तथा खरखजाना अनिवार्यरुपमा बुझाउनुहुन आग्रह गरिन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हातहतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानूनबमोजिम कारवाही गरिने छ”, गृहको सूचनामा उल्लेख छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja