विप्लव समूहमाथि प्रतिबन्धको दउवाद्वारा समर्थन



पोखरा, २९ फागुन ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा समर्थन गरेका छन् ।

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

बुधबार विहान विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने र हिसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय उपयुक्त भएको बताए । पछिल्लो समय प्रधानमन्त्री ओली पनि विप्लव समूहप्रति सार्वजनिक रुपमै आक्रामक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja