रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया



पोखरा, २९ फागुन ।

धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिनेमा विश्वास दिलाउँदै नेपालकै महत्वपूर्ण सम्पत्तिका रूपमा रङ्गशाला हुने उनीहरुको भनाइ थियो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरू सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै उनीहरूले सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने बताए ।

कार्यक्रममा क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारी, वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराईलगायतले रङ्गशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए । सो अवसरमा सहभागीले रङ्गशाला निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । फाउण्डेशनले हालसम्म रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ । सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ । रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरु गरिसकेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja