हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए



पोखरा, २८ फागुन ।

इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् ।

सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् ।

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ ।
आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ)ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो ।

तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja