राष्ट्रको अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता हुदैन : गृहमन्त्री



पोखरा, २८ फागुन ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पारेका छन्। प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ सोमबार भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताए । “केही तत्वहरुलाई आधारभूत रुपमा निय,न्त्रण गरिएको छ, बाँकीलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाएका छौंँ” उनले भने।
नेत्रविक्रम चन्द समूह नेकपालाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह गरे। सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम बिदाइ कार्यक्रम भएको बताउँदै भने, “उहाँहरु सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभएको छ । कार्यकर्तामाझ सबै कुरा पुगिनसकेकाले केही गतिविधि गरेका हुन्, अब प्रशिक्षित हुन्छन् र त्याग्छन् ।” स्वतन्त्र मधेश गठबन्धनसँग जनमतसङ्ग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उनले स्पष्ट पारे।
राष्ट्रको शान्ति र सुरक्षामा प्राकृतिक प्रकोप पनि चुनौतीको रुपमा आएकाले त्यसबाट हुने क्षति र असुरक्षालाई बढीभन्दा बढी न्यूनीकरण गर्न सरकारले बढी भूमिका खेल्ने उनको भनाइ थियो ।
सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीको सहभागिता थियो । गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाएको बताइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja