टीकापुर घटना, सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद



पोखरा, २२ फागुन ।

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

टीकापुर २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपी सहित ९ जनाको हत्या भएको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो। 

सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको  घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। 

 

-nagariknews

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja