‘नेपाल र कोरियाको सम्बन्ध प्रगाढ’



पोखरा,२२ फागुन । 

नेपालसँग दक्षिण कोरियाको सम्बन्ध प्रगाढ रहेकोले यो सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

ऐक्यबद्धता प्रकाशन नेपालको आयोजनामा ‘कोरियामा नेपालीहरू र विप्रेषणको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले कोरियामा नेपालीको आकर्षण बढिरहेको उल्लेख गर्दै नेपालको विकासमा दुई देशबीचको सहकार्य आवश्यक रहेको औँल्याएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए ।

उनले नेपालमा वित्तीय स्रोतको अभाव रहेको बताउँदै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गर्नुपर्ने विचार राखे । सरकारले बैंकलाई पनि वैदेशिक लगानी भित्र्याउन अनुमति दिएकाले बैंक–बैंक सहकार्य गर्न सकिने अवस्था रहेको उनले बताए ।

कोरियाको जेवी बैंकका पदाधिकारी र नेपालका रेमिट्यान्स कम्पनी तथा बैंकर्स सहभागी रहेको उक्त छलफलका क्रममा बोल्दै उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले कोरियामा रहेका नेपालीले जेवी बैंकमार्फत कारोवार गरिरहेको जानकारी दिए ।

“सेवा लिन आउने नेपालीको दर बढ्दो रहेको उल्लेख गर्दै लिमले भने, “आत्मियता र सम्बन्ध पनि बढ्दै गएको छ, अहिले तीन हजारले सेवा लिइरहेका छन्, अझै बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भनेर नेपालमा आएका छौँ ।”

विगतमा कोरियनहरूले समेत यसैगरी काम गर्न अन्यत्र मुलुक गएको स्मरण गर्दै उनले नेपाल र कोरियाको बीचमा सहकार्य गर्न आतुर रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले नेपालको आर्थिक परिसूचक राम्रो बन्दै गएको र विप्रेषणदर बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालबाट झण्डै ४० हजार व्यक्ति कोरियामा गएर काम गरिरहेको जानकारी गराए ।

विदेशमा बस्ने नेपालीका लागि पत्रिका प्रकाशन गर्दै आएको बताउँदै ऐक्यबद्धता मासिक पत्रिकाकी सम्पादक मीना शर्माले विप्रेषण वृद्धिका लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । उनले नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर दुई देशका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको बताए ।

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja