शान्तिका लागि इमरानले पठाए पाइलट, बदलामा मोदीले पठाए लास !



एजेन्सी। एसियाका शक्तिशाली देश भार र पाकिस्तानबीच युद्धको शंखघोष कति बेला हुने हो भन्ने त्रास अझै घटेको छैन । एक अर्काले धम्की दिइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान एकाएक नरम बनेर आउनुभएको थियो। वि श्वसमुदायले शान्ति चाहेका कारण आफु शान्तिको पक्षमा रहेको भन्दै भारतसँग शान्ति वार्ताको आह्वान गर्नुभएको थियो ।सुरुवात देखि नैं उहाँ शान्तिका पक्षमा हुनुहुन्छ ।लड्न कै लागि आफुहरु भारत भन्दा निक्कै बलियो भएको प्रमाणित सैन्य विमान खसाएर देखा इसकेको भन्दै इमरानले जनतालाई त्रास हुने दुख हुने अशान्ति मच्याउन आफुले नचाहेको बताउनुृभएको थियो ।यसैले अहिले विश्वभरी खानलाई विश्वकै ठूलो अवार्ड विश्व शान्ति नोवल पुरस्कार दिनुपर्ने आवाज उठिरहेको छ ।इमरान आफु शान्ति चाहेको भन्दैं हिडिरहेका बेला भारतमा लोक सभा निर्वाचन नजिक आउँदैं गर्दा पुलवा घटना घट्यो । भारतीय सञ्चारमाध्यमहरुमा आ एको खबरलाई आधार मान्ने हो भने यो आतंकवादी आक्रमण थियो । तर निर्वाचनको मुखैंमा आफ्ना ४६ जना जवान शहीद हुने गरि भएको आक्रमणलाई कतिपयले यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकोे पार्टी भारतीय जनता पार्टीको षडयन्त्र भएको जनाएका छन् ।

यो कुरा अहिले पाकिस्तानमा मात्रैं होईन, भारतभर उठ्न थालेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले निर्वाचनमा जित्नको लागि कत्ति जवान शहीद बनाउँन चाहान्छौं ? भनेर मोदी सरकारलाई प्रश्न गर्नुभएको छ । भारतीय तर्फबाट पाकिस्तान सीमा भित्र गएर आक्रमण भएपछि पाकिस्तानले पनि जवाफ दिने बाध्यात्मक अवस्थामा भारतीय सीमा क्षेत्रमा आएर आक्रमण गरेको थियो । दुई देशका बिचमा भएको दोहोरो आक्रमणमा पाकिस्तानले दुई लडाकु विमान खसालेको जनाएको थियो । जसमा एक जना विंग क मान्डर अभिनन्दन जो पाकिस्तानी सेनाको कब्जामा रहेका थिए ।उनी प्रकाउ परेको केही घण्टामा नैं पाकिस्तानले शान्ति पहलका लागि भनेर उनलाई सम्मानका साथ भारत फिर्ता पठाएको थियो । भारतले यसमा प्रतिकृया दिदैं यो कुनैं महानता नभएको बल्की जेनेभा सन्धीले गर्दा फिर्ता गरेको जवाफ फर्कायो । अहिले पनि भा रत पाकिस्तान सीमा क्षेत्रमा तनाब कायमैं छ ।आज मात्रैं पनि भारतीय सेनाको आक्रमणमा परेर दुई भारतीय सैनिक मारिएको खबर आइरहेका छन् । यस्तैं संख्यामा पाकिस्तानी सैनिक पनि मर्ने गरेका छन् ।भारत र पाकिस्तान बिच लामो समय देखि जम्मु कश्मी रको विषयलाई लिएर विवाद भइरहेको छ ।

यो बिचमा भारतीय जेलमा रहेका एक पाकिस्तानीलाई भारतले लास फिर्ता पठाएको छ । आफ्ना पाइलट फिर्ता भएको एक दिन पछि उपहारमा मोदी सरकारले १५ वर्ष विनाकारण जेलमा राखेर एक पाकिस्तानी नागरिकलाई वागा सीमा नाकाबाट फिर्ता गरेको हो ।भारतीय जेलमा १५ वर्ष कैंदी जीवन बिताएर ज्यान गुमाउने पाकिस्तानीको नाम शकीरुल्लाह रहेको छ । जो राजस्थानको जोधपुर जेलमा रहेका थिए, उनलाई आतंकवादीको संज्ञा दिएर अनेक यातना दिएर हत्या गरिएको हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja