निर्मलाको मुद्दा अब अन्तराष्ट्रियकरण



पोखरा, १९ फागुन ।

अफ्रिकाको ट्युनिसियामा हालै सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिलले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि ‘जस्टिस फर निर्मला’ संकल्प प्रस्ताव पारित गरेको छ ।

फेब्रुअरी २१–२२ मा आयोजित काउन्सिलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले निर्मलाको न्यायका निम्ति सरकारले पहल नगरेको भन्दै प्रस्ताव गरेपछि उक्त फोरमले पारित गरेको हो । यो निर्णयसँगै निर्मलालाई न्याय अन्तराष्ट्रियकरण भएको छ ।

सरकारले निर्मलालाई न्याय दिन नसकेकाले आफुहरुले उक्त घटना अन्तराष्ट्रिय फोरममा दर्ज गराएको कुरा नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रिय सदस्य पुनम भट्ट भट्टराईले बताइन् । फोरममा उक्त प्रस्ताव पारित भएसँगै उक्त घटना अब अन्तराष्ट्रिय मुद्दाको विषय बनेको छ ।

गत डिसेम्बरमा काठमाडौंमा सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासिफिक कमिटिको सम्मेलनमा तरुण दलले जस्टिस फर निर्मला संकल्प दर्ता गरेको थियो ।

इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिल कार्यक्रममा ५० देशका एक सय २० प्रतिनिधिहरुको सहभागिता थिए । नेपालका तर्फबाट कार्यक्रममा तरुण दलबाट मुना भुसाल, दिनेशबिक्रम शाह र नेपाल विद्यार्थी संघबाट प्रकाश श्रेष्ठ, पुनम भट्ट रहेको इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासेफिकका उपाध्यक्ष मदन भण्डारी थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja